भारतका पूर्व प्रधानमन्त्रीलाई कोरोना संक्रमण

भारतका पूर्व प्रधानमन्त्रीलाई कोरोना संक्रमण

केन्द्रबिन्दु
0
Shares

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह कोरोनाबाट संक्रमित भएका छन्। समाचार एजेन्सी एएनआइका अनुसार ज्वरो आएपछि उनलाई एम्स अस्पतालमा भर्ना गरिएको छ।
कोरोनाबाट संक्रमित भएपछि राहुल गान्धीले स्वास्थ्य लाभको कामना गरेका छन्। उनले ट्वीटरमार्फत् यस्तो विषम परिस्थितिमा उनको आवश्यकता रहेको भन्दै छिट्टै निको हुन शुभकामना दिएका छन्।
त्यस्तै पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पनि स्वास्थ्य लाभको कामना गरेकी छन्। 
पछिल्लो समय भारतमा कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ। जसका कारण भारतका विभिन्न राज्यमा साप्ताहिक लकडाउन गरिँदै आएको छ। भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा पनि संक्रमित हुनेहरुको संख्या बढेपछि मुख्यमन्त्री अरविन्द केजरिवालले एक हप्ता लकडाउन गर्ने निर्णय गरेका छन्।

Skip This
Skip This
Logo