इजरायल-प्यालेस्टाइन तनाव पूर्ण युद्धतर्फ धकेलिन सक्ने चेतावनी

इजरायल-प्यालेस्टाइन तनाव पूर्ण युद्धतर्फ धकेलिन सक्ने चेतावनी


इजरायली शहर तेल अविवमा मिसाइल आक्रमण भएको छ ।आक्रमण प्यालेस्टाइनी बिद्रोहीले गरेको हो । प्यालेस्टाइनी बिद्रोहीले तेल अविवमा १३० वटा मिसाइल प्रहार गरेको  बिद्रोहीले दावी गरेका छन् ।

प्यालेस्टाइनी बिद्रोहीको गरेको रकेट आक्रमणको जवाफमा  इजरायलले गरेको हवाई आक्रमणका कारण गाजापट्टीमा रहेको १३ तले भवनमा ध्वस्त भएको छ ।

गाजामा रहेका बिद्रोहीलाई निशाना बनाउँदै  आक्रमण गरेको इजरायली सेनाले बताएको छ । १३ तले भवनमा रहेका  बासिन्दालाई बाहिर निस्कन दिईएको डेढ घण्टा भित्रै  इजरायलले हावाई आक्रमण गरेको  रोयटर्सले जनाएको छ ।
पछिल्ला दोहोरो आक्रमणबाट  इजलायल तर्फ तीन  र प्यालेस्टाइन तर्फ  २८ जना गरेर कम्तीमा ३१ जनाको ज्यान गएको छ । 

संयुक्त राष्ट्रसङ्घका मध्यपूर्व शान्ति दूतले इजरेल तथा प्यालेस्टीनी विद्रोहीबीच गाजामा चर्किरहेको सङ्घर्षले अवस्थालाई पूर्ण युद्धतर्फ धकेलिरहेको चेतावनी दिएका छन्।

चर्किएको हिंसापश्चात् टोर वेन्स्ल्यान्डले उक्त टिप्पणी गरेका हुन्। इजरेल तथा प्यालेस्टाइनबीच तनाव चर्कँदै गर्दा विद्रोहीहरूले इजरेली सहर तेल अभिभमा रकेट हमला गरेका छन्।

इजरेलले हवाई हमला गरेर गाजा क्षेत्रमा एउटा भवन ध्वस्त पारिदिएको बताइएको छ।

Logo