इटालीमा केबलकार खस्दा एक बालकसहित १४ जना यात्रुको मृत्यु भएको छ।
दुर्घटनामा एक बालक गम्भीर रुपमा घाइते भएका छन्। आइतबार उत्तरी क्षेत्रस्थित म्यागिओर लेक नजिकैको पहाडमा केबलकार खसेको हो ।
रिसोर्ट टाउनबाट यात्रुहरुलाई बोकेर पिएदमन्ट क्षेत्रस्थित मोट्टारोन पहाड जाँदै गर्दा केबलकार खसेको हो। काठहरु भएको जमिनमा खसेको केबलकारको तस्बिर सामाजिक सञ्जालमा समेत भाइरल बनेको छ । घटनामा मृत्यु हुनेहरुमध्ये केही विदेशी नागरिकसमेत रहेको बताइएको छ।
दुर्घटनापछि ५ वर्ष र ९ वर्षका बालकहरुलाई उपचारका लागि नजिकको अस्पताल लगिएको थियो । तर ९ वर्षीय बालकको उपचारको क्रममा मृत्यु भएको छ।
स्थानीय समय अनुसार आइतबार १२:३० बजे केबलकार दुर्घटना भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्। दुर्घटनाको कारणबारे अझै यकिन भइसकेको छैन। यसबारे छानविन गरिने स्थानीय प्रशासनले जनाएको छ ।
इटालीका प्रधानमन्त्री मारियो ड्राघीले घटनाबारे आफूले स्थानीय सरकारबाट जानकारी लिइरहेको भन्दै घटनामा मृत्यु भएकाहरुको परिवारप्रति समवेदना प्रकट गरेका छन् ।एजेन्सी





























प्रतिक्रिया