अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुने दरमा १७ प्रतिशतले कमी

अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुने दरमा १७ प्रतिशतले कमी

केन्द्रबिन्दु
0
Shares

अमेरिकामा विगत २४ घण्टामा कोभिड–१९ बाट २३ हजार १६२ जना सङ्क्रमित भएका छन् । यसैगरी उक्त अवधिमा कोरोना भाइरसबाट ५२२ जनाको मृत्यु भएको अमेरिकी सरकारी तथ्याङ्कले देखाएको छ । 

कोरोनाबाट संक्रमण हुनेको सङ्ख्यामा बिगत दुई हप्तामा ३७ प्रतिशतले कमी आएको छ। अमेरिकामा हालसम्म कूल पाँच लाख ९१ हजार ५९३ जनाको निधन भएको छ भने दुई हप्तामा १७ प्रतिशतले मृत्यु सङ्ख्या घटेको छ।

हाल अमेरिकामा २७ हजार ९४६ अस्पतालमा कोरोना संक्रमितहरु भर्ना भएका छन् भने भर्ना हुनेको सङ्ख्या २३ प्रतिशतले घटेको छ।

अघिल्लो दिन अमेरिकामा नौ लाख ८६ हजार ३९५ जनाले कोरोनाको जाँच गराएका छन् । अहिले बिहीबार बिहान मे २७ सम्म कोरोनाबाट सङ्क्रमितहुनेको कूल सङ्ख्या तीन करोड ३२ लाख आठ हजार ८९५ रहेको छ। अमेरिकामा कूल २८ करोड ९२ लाख १२ हजार ३०४ जनाले कम्तिमा एक खोप लगाएका छन् ।

अमेरिकामा पूर्ण खोप लगाउनेको सङ्ख्या ४० प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको सङ्ख्या ५० प्रतिशत पुगेको छ।  

Logo