कोभिड–१९ बाट विश्वमा ३७ लाख व्यक्तिको मृत्यु, ९० हजारको स्वास्थ्य अवस्था जटिल

कोभिड–१९ बाट विश्वमा ३७ लाख व्यक्तिको मृत्यु, ९० हजारको स्वास्थ्य अवस्था जटिल

केन्द्रबिन्दु
0
Shares

कोरोनाभाइरस महामारीका कारण बिहीबार अपराह्नसम्म ३७ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। कोभिडबाट सबैभन्दा बढी संयुक्तराज्य अमेरिकामा छ लाख ११ हजार व्यक्तिको ज्यान गएको छ। 

दोस्रो स्थानमा रहेको ब्राजिलमा चार लाख ६७ हजार, भारतमा तीन लाख ३८ हजार, मेक्सिकोमा दुई लाख २८ हजार, पेरुमा एक लाख ८४ हजार, बेलायतमा एक लाख २७ हजार, इटालीमा एक लाख २६ हजार, रसियामा एक लाख २२ हजार, फ्रान्समा एक लाख ९ हजार, कोलम्बियामा ८९ हजारको मृत्यु भएको छ। 

विश्वभर १७ करोड २४ लाखभन्दा बढी व्यक्ति कोभिड–१९ बाट संक्रमित भएकामध्ये १५ करोड ५० लाख व्यक्ति संक्रमणमुक्त भएका छन्। संक्रमित व्यक्तिमध्ये करिब ९० हजार व्यक्तिको स्वास्थ्य अवस्था जटिल रहेको छ। 

विश्वभर करिब एक अर्ब ९८ करोड डोज खोप लगाइएको छ जसमा चीनमा गरिएको खोप अभियान समेटिएको छैन । सिन्ह्वाका अनुसार चीनमा बुधबारसम्ममा ७० करोडभन्दा बढी डोज खोप लगाइएको छ।

Logo