काबुलमा विस्फोट पाँच व्यक्तिको मृत्यु

काबुलमा विस्फोट पाँच व्यक्तिको मृत्यु

केन्द्रबिन्दु
0
Shares

अफगानिस्तानको राजधानी काबुलको दुई फरक क्षेत्रमा शनिबार अपराह्नमा भएको विस्फोटमा परी पाँच व्यक्तिको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

काबुलको दासत इ बार्ची क्षेत्रमा पहिलो विस्फोट भएको थियो । यसको करिब आधा घण्टापछि अलि जिनाह अस्पतालकोनजिकै अर्को विस्फोट भएको टोलो समाचार समितिले जनाएको छ । 

यस घटनामा परी अन्य केही व्यक्ति गम्भीर घाइते भएका हुनाले मृतकको संख्या बढ्न सक्ने समेत गृह मन्त्रालयले अनुमान गरेको छ । यसै महिनाको सुरुमा काबुलमा  भएको यस्तै दुई ओटा विस्फोटमा परी १२ जना सर्वसाधारणको मृत्यु भएको थियो

Logo