१२ वर्षपछि नेतन्याहू सत्ताबाट बाहिरिए

१२ वर्षपछि नेतन्याहू सत्ताबाट बाहिरिए

केन्द्रबिन्दु
0
Shares

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू १२ वर्षपछि सत्ताबाट बाहिरिएका छन्। 

इजरायली संसद्ले नेतन्याहूविरुद्धको गठबन्धनबाट प्रधानमन्त्री बनाउने प्रस्तावलाई अनुमोदन गरेसँगै नेतन्याहू लामो समयपछि सत्ताबाट बाहिरिएका हुन् । नेतन्याहूको बहिर्गमनपछि दक्षिपन्थी यामिना पार्टीका नाफ्टाली बेनेट प्रधानमन्त्री बनेका छन्। 

गठबन्धनले हालै गरेको सहमतिअनुसार बेनेट सन् २०२३ को सेप्टेम्बरसम्म प्रधानमन्त्री बन्न पाउने छन्। त्यसपछि भने उनले येस अतीर पार्टीका याइर लापिडलाई सत्ता हस्तान्तरण गर्नुपर्नेछ।

नेतन्याहू सन् २००९ देखि लगातार प्रधानमन्त्री पदमा थिए। नयाँ प्रधानमन्त्री बनेका ४९ वर्षीय नाफ्ताली अमेरिकी आप्रवासीका सन्तान हुन्। 

प्रधानमन्त्रीबाट हटेका नेतन्याहू अब लिकुड पार्टीका प्रमुख र इजराइली संसदमा प्रमुख प्रतिपक्षी दलको नेता रहने छन् । विपक्षी ८ राजनीतिक दलले गठबन्धन निर्माण गरी नेतन्याहूलाई सत्ताबाट हटाएका हुन् । यद्यपी नेतन्याहूले संसदमा बहुमत गुमाएपछि भनेका छन्- हामी फेरि आउने छौँ ।

आफ्नो पार्टीका ६ सांसद मात्र भए पनि बेनेटले गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्रीको सपथ लिए । 

Logo