अफगानिस्तान सरकार र तालिबान प्रतिनिधिबीच सत्ता हस्तान्तरणबारे वार्ता

अफगानिस्तान सरकार र तालिबान प्रतिनिधिबीच सत्ता हस्तान्तरणबारे वार्ता

केन्द्रबिन्दु
0
Shares

तालिबान तीब्र गतिमा अफगानिस्तानमा आफ्नो कब्जा जमाउँदैछ । अफगान अधिकारीका अनुसार तालिबान पक्षका वार्ताकार सत्ता हस्तान्तरण तयारीको लागि अफगानिस्तानको राष्ट्रपति भवन गएका छन् ।

अफगानिस्तानका कार्यवाहक आन्तरिक मन्त्री अब्दुल सत्तार मिर्जाकवालले सत्ता हस्तान्तरण शान्तिपूर्वक हुने बताएका छन् । उनले शहरको सुरक्षा सुनिश्चित गरिएकाले राजधानी काबुल शहरवासीलाई नआत्तिन आग्रह गरेका छन् । 

अफगानिस्तानको चौथो ठूलो शहर मजार–ए–शरीफमा शनिवार कब्जा जमाएपछि तालिवानी सेना थप मजबुत भएको थियो । राष्ट्रपति अशरफ घानीले आज आइतबारै सत्ता छाड्ने आँकलन गरिएको छ। यद्यपि राष्ट्रपति घानीले शनिवार सम्बोधन गर्दै वर्षौको उपलब्धी खेर जान नदिने टिप्पणी गरेका थिए ।
 

Logo