तालिवानका सहसंस्थापक २० वर्षपछि अफगानिस्तानमा

तालिवानका सहसंस्थापक २० वर्षपछि अफगानिस्तानमा

केन्द्रबिन्दु
0
Shares

तालिवानका सहसंस्थापक एवम् उपनेता मुल्लाह अब्दुल गानी बरादर २० वर्षपछि अफगानिस्तान फर्किएको तालिवानको राजनीतिक ब्युरोका प्रवक्ताले मंगलबार बताएका छन्। 

बरादरलाई ११ वर्षअघि पाकिस्तानको सुरक्षा संयन्त्रले पक्राउ गरेको थियो। दुई दशकअघि तलिवान अफगानिस्तानको सत्तामा हुँदा बरादर मुख्य पात्रमध्ये थिए। 

सन् २००१ मा अफगानिस्तानको सत्तामा तालिवान रहँदै गर्दा सेप्टेम्बर ११ मा अमेरिकास्थित वल्र्ड ट्रेड सेन्टरमाथि अलकायदाले हमला गर्यो । त्यसपछि उनीहरूलाई शरण दिएको भन्दै अमेरिकाको सक्रियतामा तालिवान सत्ताच्यूत भएको थियो। त्यसपछि आफ्नो पकड बढाउन कार्यरत तालिवानले पछिल्ला हप्ताहरूमा मात्रै अफगानिस्तानका मुख्य सहरहरूमाथि नियन्त्रण कायम गर्याे। 

तालिवानले अनपेक्षित ढंगले अफगानिस्तानको राजधानी काबुलमा यसै साता कब्जा जमाएपछि राष्ट्रपति असरफ घानी देश छाडी हाल ओमान पुगेका छन्। तालिवानी फौजले काबुललाई पूर्णरूपमा नियन्त्रणमा लिएपछि मुल्लाह बरादर अफगानिस्तान फर्किएका हुन्।  

फोटोः एएफपी 

Logo