अमेरिकी जहाजबाट खसेर मृत्यु हुने अफगानी फुटबलर भएकाे पुष्टि

अमेरिकी जहाजबाट खसेर मृत्यु हुने अफगानी फुटबलर भएकाे पुष्टि

केन्द्रबिन्दु
0
Shares

एको सोमवार अफगानिस्तानको राजधानी काबुलमा अमेरिकी सेनाको कार्गो विमानबाट खस्दा एक जना फुटबल खेलाडीको ज्यान गएको पुष्टि भएको छ ।

काबुलबाट अफगानीहरुलाई उद्धार गर्ने क्रममा दुई जना हामिद् कर्जाइ अन्तर्राष्ट्रिय विमानस्थलमा खसेका थिए । ती मध्ये एकजना फुटबलर भएको खुलेको छ ।

बीबीसीका अनुसार एकजना अफगानिस्तानको नेसनल युथ टिमका फुटबलर १९ वर्षीय जकी अनवरी रहेका छन् । विद्रोही समूह तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि जाकी अन्वारीले पनि देश छोड्न चाहेका थिए ।

उनको बारेमा थप विवरण भने खुलाइएको छैन । त्यसैगरी सोही जहाजबाट खसेर ज्यान गुमाउने अर्को डाक्टर भएको बताइएको छ । कोही बिस्तारै गुडिरहेको जहाजको पखेटामा चढ्न खोज्दै थिए । विमान उडेपछि विमानबाट केही व्यक्ति खसेको भिडियो सार्वजनिक भएको थियो । विमानबाट कति जना खसे भन्ने यकिन जानकारी भने छैन । घटनाको अनुसन्धान भइरहेको बीबीसीले जनाएको छ।  

Logo