कोरोना संक्रमित अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना

कोरोना संक्रमित अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना

केन्द्रबिन्दु
0
Shares

वासिङ्टन ।

कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानीया ट्रम्प अस्पताल भर्ना भएका छन् ।

उनीहरु दुबैलाई शुक्रबार कोरोना भाइरस संक्रमण भएको थियो । एक भिडियो सन्देश जारी गर्दै ट्रम्पले आफू उपचारका लागि वाल्टर रीड नेशनल मिलेटेरी अस्पताल भर्ना हुन लागेको बताएका छन् ।

ट्रम्पले बिहीबार ट्वीट गर्दै भनेका थिए, “म र प्रथम महिला दुबै कोभिड–१९ बाट संक्रमित भएका छौं । हामी दुबै क्वारेन्टिनमा छौं ।”

यसअघि राष्ट्रपति ट्रम्पले आफ्ना वरिष्ठ सल्लाहकार होप हिक्सलाई कोरोना संक्रमण देखिएको बताएका थिए। हिक्सलाई कोरोना पोजेटिभ भएसँगै राष्ट्रपति ट्रम्प र मेलानीया दुबैले कोरोना परीक्षण गराएका थिए।

Logo