काबुलबाट उत्तरतिर रहेको पन्जशिर उपत्यकालाई आफ्नो नियन्त्रणमा राख्न खोज्ने तालिबान र प्रतिरोधी समूहबीच भिडन्त जारी रहेको बताइएको छ।
पन्जशिर तालिबानको नियन्त्रणमा नरहेको एक मात्र प्रान्त हो। पन्जशिरलाई तालिबानविरोधी गढ मानिन्छ
तालिबानले थप दुई जिल्ला आफ्नो नियन्त्रणमा आइसकेको र उक्त प्रान्तको केन्द्रतर्फ आफ्नो फौज अघि बढेको दाबी गरेको छ।
तर पन्जशिर उपत्यकाको तालिबानको प्रतिरोधी समूह न्याश्नल रिजिस्टन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरफ)का प्रवक्ताले ठूलो भिडन्त जारी रहेको र आफूहरूले हजारौँ तालिबान लडाकुलाई घेराबन्दीमा पारेको बताएका छन्।
करिब डेढदेखि दुई लाख जनसङ्ख्या भएको उक्त उपत्यका यसअघि सोभियत सङ्घ र तालिबानले अफगानिस्तानमा नियन्त्रण कायम गर्दा पनि उनीहरूको नियन्त्रणमा गएको थिएन।
हेरात सहरमा महिलाहरूको प्रदर्शनमा समर्थन जनाउँदै एनआरफका नेता अहमद मसूदले पन्जशिरले निरन्तर प्रतिरोध जारी राख्ने बताएका बिबिसीले जनाएकाे छ ।





























प्रतिक्रिया