दिल्लीस्थित एक अदालतमा गोली चल्दा ‘ग्याङ्गस्टार’ गोगीसहित चार जनाको मृत्यु

दिल्लीस्थित एक अदालतमा गोली चल्दा ‘ग्याङ्गस्टार’ गोगीसहित चार जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

भारतका ‘चर्चित ग्याङ्गस्टार’ जितेन्द्र मान गोगीलाई अदालतमा पेश गर्नुअघि राजधानी नयाँदिल्लीस्थित रोहिणी अदालतमा गोली चलेको भारतीय सञ्चार माध्यमहरूले बताएका छन्।

गोली लागेर गोगीको मृत्यु भएको छ भने प्रतिक्रियामा सुरक्षाकर्मीले चलाएको गोली लागि तीन आक्रमणकारीको पनि मृत्यु भएको रोहिणी अदालतका एक अधिकारीले बताए। आक्रमणकारी वकिलको भेषमा आई एक्कासी गोगीलाई लक्षित गरेर गोली चलाएका थिए। घटनामा एक महिला वकिलसहित तीन जना घाइते भएका छन्।

प्रहरीको स्पेशल सेलले दुई वर्षअघि पक्राउ गरेर तिहाड जेलमा राखेका गोगीको मुद्दामा शुक्रबार पेशी परेपछि रोहिणी अदालत ल्याइएको थियो।

गोगीले अपराध गरेर अकुत सम्पत्ति कमाएको दिल्ली प्रहरीको दाबी छ। उनको सञ्जालमा ५० भन्दा बढी व्यक्ति रहेका र उनीहरूले मानिसहरूलाई धम्क्याउने, चन्दा सङ्कलन गर्ने र आतङ्कित पार्ने जस्ता अवाञ्छित क्रियाकलाप गर्ने गरेको प्रहरीको भनाइ छ। 

Skip This
Skip This
Logo