कोरोनाविरुद्धको खोप लगाएकालाई रेस्टुरेन्टमा विषेश छुट

कोरोनाविरुद्धको खोप लगाएकालाई रेस्टुरेन्टमा विषेश छुट

केन्द्रबिन्दु
0
Shares

कोरोनाभाइरसविरुद्धको खोप लगाएका व्यक्तिलाई दुबईका रेष्टुरेन्टहरुमा विषेश छुटको व्यवस्था गरिएको छ ।

रेस्टुरेन्ट सञ्चालकहरुले खोप लगाउने अभियान प्रभावकारी गराउन र खोप लगाउन प्रेरित गर्नका लागि छुटको व्यवस्था सुरु गरिएको जानकारी दिएका छन् । संयुक्त अरब इमिरेट्स (युएइ)का कुल एक करोड बासिन्दा मध्ये अहिले झण्डै २५ लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाइसकिएको अधिकारीहरुले जनाएका छन् ।

धेरै जनालाई खोप लगाएका मुलुकहरूमध्ये इजरायलपछि युएइ विश्वभरीको दोस्रो क्रममा रहेको पनि समाचारमा जनाइएको छ ।

रेस्टुरेन्ट व्यवसायीहरुले पहिलो खोप लगाएकालाई १० प्रतिशत र दोस्रो खोप लगाएकालाई २० प्रतिशत छुटको व्यवस्था गरेका छन् । छुट सुविधा उपभोग गर्नका लागि खोप लगाएको आधिकारीक प्रमाणपत्र पेश गर्नु पर्ने सर्त राखिएको छ ।

रेस्टुरेन्ट व्यवसायीहरूको यस अभियानलाई धेरैले सकारात्मक रुपमा लिएका छन् भने सामाजिक सञ्जालमा पनि प्रशंसा भइरहेको छ ।

युएईको दुबईसहित सात क्षेत्रमा कोरोनाविरुद्धको खोप लगाउने अभियान गत डिसेम्बरदेखि नै चलिरहेको अधिकारीहरुले जनाएका छन् ।

युएइमा चीनमा विकास गरिएको सिनो फार्म र अमेरिकी र जर्मनी साझेदारले विकास गरेको फाइजर खोप लगाइएको छ । सिनो फार्म खोप अहिले पनि निःशुल्क उपलब्ध गराइएको अधिकारीहरुले जानकारी दिएका छन् ।

Logo