विश्वमा आजः मौरीससका राष्ट्रपतिमाथि गोली प्रहारदेखि ह्वाइट हाउस निर्माण सुरूसम्म

विश्वमा आजः मौरीससका राष्ट्रपतिमाथि गोली प्रहारदेखि ह्वाइट हाउस निर्माण सुरूसम्म


आज १३ अक्टोबर। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वर्पूण घटनाः

मौरीससका राष्ट्रपतिमाथि गोली प्रहार

सन् २०१२ मा मौरीससका राष्ट्रपति मोहमद ओउल्ड अब्देल अजिजमाथि गोली प्रहार भएको थियो । सेनाले भूलवश गोली चलाएको अनुसन्धानको क्रममा खुलेको थियो। 

कोइला खानीमा पुरिएका व्यक्तिको ६९ दिनपछि उद्दार

सन् २०१० को ५ अगस्टमा चिलीको कोपिआपोकोमा १२१ वर्ष पुरानो तामा खानी भत्किदा ३३ जना मजदूर  खानीभित्र पुरिएका थिए। तीमध्ये ३२ जनाको तत्कालै उद्दार गरिएको थियो। तर, खानीभित्र फसेका सान जोसको ६९ दिनपछि उद्दार गरिएको थियो। 

ह्वाइट हाउस निर्माण सुरू

अमेरिकी राष्ट्रपतिको अहिलेको कार्यलय ह्वाइट हाउसको निर्माण कार्य सन् १७९२ मा सुरू भएको थियो। आइरल्यान्डका बस्तुकलाबिद जेम्स होबनले ह्वाईट हाउसको डिजाइन गरेका थिए। निर्माण सुरू गरेको ८ वर्षपछि सम्पन्न भएको ह्वाईटहाउसमा पहिलो पटक सन् १८०० को १ नोभेम्वरमा तत्कालिन राष्ट्रपति जोन एडम्स बसेका थिए। 

पत्ता लाग्यो पुच्छ्रे तारा 

फ्रान्सेली अन्तरिक्षयात्री चाल्र्स मेसियरले सन् १७७३ को १३ अक्टोबरमा पुच्छ्रे  तारा पत्ता लगाएका थिए । पुच्छ्रे ताराको नाम ह्विरपोल ग्यालेक्सी दिइएको थियो ।न्युज कारखाना

Logo