युराेपकाे एउटा सहर जहाँ एक युरोमा घर पाइन्छ

युराेपकाे एउटा सहर जहाँ एक युरोमा घर पाइन्छ


तपाईं कति मूल्य पर्ने घरमा बस्नुहुन्छ ? सामान्यतया कुनै पनि घरकाे मूल्य तपाईं बस्ने ठाउँमा निर्भर हुन्छ। गाउँकाे घरकाे मूल्य तुलनात्मकरुपमा सहरकाे भन्दा सस्ताे हुन सक्छ। तर, युराेपमा एउटा सहर छ, जहाँको घरकाे मूल्य सुन्दा तपाईं आश्चर्य पर्नु हुन्छ। सन्दर्भ युरोपको केन्द्र इटालीको हो, जहाँ घर किन्न केबल एक युरो भए पुग्छ। नेपालीमा हिसाब गर्दा त्यस्तै १३५ रुपैयाँ हुन ‌आउँछ।

हाे इटालीको भूमध्य सागरनजिक सार्डि्नियास्थित ओलोलाई भन्ने सहरमा एक यूरोमा घर किन्न पाइन्छ। युराेपका जुनसुकै देशका मानिसले यहाँ घर किन्न सक्दछन्। याे किन्ने क्रम पनि जारी छ। सरकारले एक युराेमा घर किन्ने भनेपछि धेरै मानिसहरुकाे ध्यान याे सहरतर्फ माेडिएकाे छ। 

धेरै वर्ष पहिले ओलोलाइमा बाक्लाे बस्ती थियाे । भाैतिक विलासिता र अन्य सुविधाकाे खाेजीमा बिस्तारै मानिसहरु ओलाेलाईबाट अन्य सहरमा बसाइ सरेर जान थाले, जसका कारण कुनै बेला घना बस्ती रहेकाे सहरकाे जनसंख्या अहिले निरन्तर घटिरहेकाे छ।  

बारम्बार मानिसहरु बसाइँ सरेपछि यहाँका घरहरु खाली भएका छन्। कुनै बेला लाखाैं जनसंख्या रहेको ओलााईमा पछिल्लाे ५० वर्षमा घटेर एक हजार ३०० जनामा खुम्चिएकाे छ। जनसंख्या घटेर शहर नै सुनसान हुन थालेपछि सरकारले सित्तैमा घर दिएर पुन बस्ती बसालेकाे हाे। सहरमा सयाैं  पुराना खाली घर छन् ।

घर किन्नुअघि क्रेताले एउटा शर्त भने पालना गर्नै पर्छ। एक युराेमा घर किनिसकेपछि क्रेता आफैंले सो घरको मर्मत गर्नुपर्छ। मर्मतका लागि सरकारले निश्चित रकम नै तोकेको छ। मर्मत नगरे घर फिर्ता गर्नुपर्छ। नि:शुल्क घर पाइने भएपछि मानिसहरुले एक दुई दर्जन घर किनेर जम्मा गरेकाे बताइन्छ। केही मानिसहरुले घर किन्ने तर त्यसकाे स्याहार सम्भार नगरेपछि पछिल्लाे समय सरकारले मर्मत खर्च पनि एकै पटक तिर्न भनेकाे छ।

मर्मत खर्च अग्रीम तिरेपछि सर्वसाधारणहरु केही वर्ष साेही घरमा बस्ने सरकारकाे विश्वास छ। 

घर मर्मतका लागि सरकारले तीन वर्षकाे समयावधि ताेकेकाे छ। अहिलेसम्म  युरोपेली देशका नागरिकहरुले साे सहरका सयाैं घर किनेका छन् । 

सस्ताेमा घर पाइन थालेपछि युराेपबाहेकका मानिसहरुकाे पनि साे सहरतर्फ आकर्षण बढेकाे इटालीका स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।एजेन्सी 

Logo