मेक्सिकोका राष्ट्रपतिलाई कोरोना संक्रमण

मेक्सिकोका राष्ट्रपतिलाई कोरोना संक्रमण

केन्द्रबिन्दु
0
Shares

मेक्सिकोका राष्ट्रपति एन्ड्रेस मनुओल लोपेज ओब्रेडोरलाई कोरोना संक्रमण भएको छ। स्थानीय समयअनुसार आइतवार साँझ राष्ट्रपति एन्ड्रेसले यसबारे ट्वीटरमार्फत जानकारी दिएका हुन्।

कोरोना संक्रमण भए पनि राष्ट्रपति कार्यालयबाटै काम निरन्तर गर्ने उनले उल्लेख गरेका छन्। मेक्सिकोमा हालसम्म १७ लाख बढीमा कोरोना संक्रमण पुष्टि हुँदा एक लाख ४९ हजार जना भन्दा बढीको मृत्यु भइसकेको छ ।

Logo