इतिहासमा आज : इजरायलद्वारा जेरुसेलमलाई राजधानी घोषणा, चीनमा भूकम्पले ८ लाखको मृत्यु

इतिहासमा आज : इजरायलद्वारा जेरुसेलमलाई राजधानी घोषणा, चीनमा भूकम्पले ८ लाखको मृत्यु


आज २३ जनवरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

इजरायलद्वारा जेरुसेलमलाई राजधानी घोषणा
जेरुसेलमा पश्चिम एसियाको एउटा महत्वपूर्ण सहर हो। सन् १९५० को २३ जनवरी अर्थात आजकै दिन इजरायलले जेरुसेलममाथि दाबी गरेको थियो। अन्तर्राष्ट्रिय विरोधबाबजुद इजरायली संसद केनसेटले विभाजित जेरुसेलमलाई देशको राजधानी घोषणा गर्ने प्रस्ताव पेस गरेको थियो।

८ लाख जनाको मृत्यु भएको त्यो भूकम्प
आजकै दिन विश्वमै डरलाग्दो भूकम्प गएको थियो। सन् १५५६ को २३ जनवरीमा चीनमा गएको भूकम्प इतिहासमा रेकर्ड भएकामध्ये अहिलेसम्मकै विध्वशकारी थियो। सान्छी प्रान्तको वीइ रिभर भ्यालीमा केन्द्रबिन्दु रहेको सो भूकम्पका कारण आठ लाख ३० हजार जनाको ज्यान गएको थियो।  

सुभाष चन्द्र बोसको जन्म
सन् १८९७ को २३ जनवरीमा भारतका राष्ट्रवादी नेता सुभाष चन्द्र बोसको जन्म भएको थियो । उनको निर्दोष देशभक्तिका कारण उनी भारतमा हिरो बनेका थिए। दोस्रो विश्वयुद्धको समयमा नाजी जर्मनी र सम्राज्यवादी जापानको सहयोगमा भारतलाई ब्रिटिश शासनबाट स्वतन्त्र गर्ने प्रयास गरेका थिए।

अमेरिकाको पहिलो महिला विदेशमन्त्री
सन् १९९७ मा अमेरिकाले  पहिलो महिला विदेशमन्त्री पाएको थियो। तत्कालिन राष्ट्रपति विल क्लिन्टनले म्याडलिन अलब्राइटलाई विदेश मन्त्री नियुक्त गरेका थिए। त्यसअघि अलब्राइट राष्ट्रसंघका लागि अमेरिकी दूतका रुपमा काम गरेकी थिइन्।एजेन्सी

Logo