क्यामरुनको रंगशालामा भागदौड, ६ जनाको मृत्यु : घटनाबारे अनुसन्धान सुरु

क्यामरुनको रंगशालामा भागदौड, ६ जनाको मृत्यु : घटनाबारे अनुसन्धान सुरु

केन्द्रबिन्दु
0
Shares

क्यामरुनको राजधानी सहर याओन्डेलको एउटा रंगशालामा भएको भागदौडमा ६ जनाको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएका छन् । सोमबार अफ्रिका कप अफ नेसन्स म्याच हुनु अगाडि सो भागदौड भएको क्यामरुनको सरकारी टेलिभिजनले जनाएको छ। 

ओलेम्बी रंगशालाको प्रवेशद्वारमा सो भागदौड हुँदा दुःखद घटना भएको क्यामरुनको सरकारी सञ्चार माध्यम सीआरटीभीले जनाएको छ। 

अफ्रिकन फुटबल महासंघले घटनाप्रति चासो देखाएको छ। घटनाबारे क्यामरुन प्रहरीले अनुसन्धान सुरु गरेको छ।एजेन्सी

Skip This
Skip This
Logo