भारतले रूसमा निर्मित कोभिड खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको छ। एक मात्रा लगाए पुग्न ‘स्पुत्निक लाइट’ नामक नयाँ खोपलाई स्वीकृति दिएको हो।
योसँगै भारतले नौ वटा कोभिड खोपलाई अनुमति दिएको छ। अनुमति दिइएका मध्ये तीन वटा भारतमा विकसित गरिएका हुन्।
यसअघि सरकारले गत वर्ष ’स्पुत्निक’ भीलाई अनुमति दिएको थियो।
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि सरकारले खोप अभियानलाई तीव्रता दिँदै आएको छ। अहिलेसम्म करिव एक अर्ब ७० लाख मात्रा खोप लगाइएको छ। भारतमा ७६ प्रतिशतले पूर्ण खोप लगाएका छन्।































प्रतिक्रिया