रुसले युक्रेनमाथि आक्रमण थालेको पाँचौँ दिन दुई देशबीच शान्तिवार्ता सुरु

रुसले युक्रेनमाथि आक्रमण थालेको पाँचौँ दिन दुई देशबीच शान्तिवार्ता सुरु

केन्द्रबिन्दु
0
Shares

रुस र युक्रेनबीचको शान्तिवार्ता सुरु भएको छ। रुसले युक्रेनमाथि आक्रमण गरेको पाँचौँ दिन दुई देशका प्रतिनिधिहरूबीच बेलारुसमा छलफल सुरु भएको बीबीसीले जनाएको छ। युद्ध अन्त्य गर्ने विषयमा बैठकमा छलफल हुने जनाएको छ। 

युक्रेनी राष्ट्रपतिको कार्यालयका अनुसार युक्रेनले तत्काल युद्धविराम होओस् र रुसी सेना फिर्ता जाओस् भन्ने चाहेको बताएको छ।

रुसले चाहिँ दुवै पक्षलाई लाभ हुने सहमति गर्न खोजेको रुसी वार्ताकार भ्लादिमिर मेडिन्स्कीले बताएको बीबीसीले उल्लेख गरेको छ। शान्तिवार्ता सुरु हुनुअघि युक्रेनका राष्ट्रपतिले रुसी सैनिकहरूलाई हतियार बिसाउन आग्रह गरेका थिए ।एजेन्सी

Skip This
Skip This
Logo