पुटिनको मानार्थ ब्ल्याक बेल्ट पदवी खोसियो

पुटिनको मानार्थ ब्ल्याक बेल्ट पदवी खोसियो

केन्द्रबिन्दु
0
Shares

युक्रेनमाथि आक्रमण गरेको भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दिइएको तेक्वान्दोको मानार्थ ब्ल्याक बेल्ट पदवी खोसिएको छ। विश्व तेक्वान्दो महासंघले मंगलबार एक ट्वीट गर्दै पुटिनको मानार्थ ब्ल्याक बेल्ट खोसिएको जनाएको हो। 

‘विश्व तेक्वान्दाेले युक्रेनमा निर्दोष जीवनमाथि भएको नरसंहारकारी हमलाको कडा निन्दा गर्दछ, जुन विजयभन्दा शान्ति धेरै मूल्यवान छ भन्ने विश्व तेक्वान्दोकाे मान्यता विरुद्ध छ,’ महासंघले ट्वीटरमा पोस्ट गरेको विज्ञप्तिमा भनिएको छ। 

युक्रेन हमला विश्व तेक्वान्दोको मूल्य र सहिष्णुता विरुद्धमा रहेको पनि महासंघले जनाएको छ। ‘यस सन्दर्भमा विश्व तेक्वान्दोले राष्ट्रपति भ्लादमिर पुटिनलाई सन् २०१३ को नोभेम्बरमा प्रदान गरेको मानार्थ नवौं डान ब्ल्याक बेल्ट पदवी फिर्ता लिने घोषणा गरेको छ,’ विज्ञप्तिमा भनिएको छ। 

रुस र बेलारुसमा तेक्वान्दो आयोजना नगर्ने र त्यहाँ मान्यता नदिने पनि महासंघले जनाएको छ। उसको घोषणलााई सामाजिक सञ्जालका प्रयोगकर्ता र तेक्वान्दोप्रेमीले अभ्यासकर्ताले स्वागत गरेका छन्।एजेन्सी

Skip This
Skip This
Logo