भूमध्य सागरमा डुंगा डुब्दा कम्तीमा ९० आप्रवासीको मृत्यु, ४ जनाको जीवितै उद्धार

भूमध्य सागरमा डुंगा डुब्दा कम्तीमा ९० आप्रवासीको मृत्यु, ४ जनाको जीवितै उद्धार

केन्द्रबिन्दु
0
Shares

लिबियाबाट शरणार्थी बोकेको डुंगा भूमध्य सागरमा डुब्दा कम्तीमा ९० आप्रावासीको मृत्यु भएको छ। क्षमताभन्दा बढी यात्रु बोकेको सो डुंगा केही दिनअघि लिबिया छोडेको थियो। दुर्घटनामा ४ जनाको जीवितै उद्धार भएको प्राप्त विवरणहरुमा जनाइएको छ।

एलेग्रिया १ नामक एक व्यवसायिक ट्यांकरले शनिबार बिहान भूमध्यसागरमा ४ जनाको उद्धार गरेको डक्टर्स विदाउट बोर्डर्सले जनाएको छ। डुंगामा एक सय जनाले यात्रा गरेको उद्धार गरिएका व्यक्तिहरूले बताएका छन्। 

एक दशकको द्वन्द्व र अराजकताबाट ग्रस्त लिबिया अफ्रिकी र एसियाली आप्रवासीहरूका लागि युरोप जाने प्रमुख प्रस्थान बिन्दु बनेको छ। आप्रवासनका लागि अन्तराष्ट्रिय संगठनका अनुसार पछिल्लो हताहतीबाहेक यस वर्ष भूमध्यसागरमा डुबेर ३६७ जनाको मृत्यु भएको छ।एजेन्सी

Skip This
Skip This
Logo