बिहारको छपरामा एक पागल प्रेमी आफ्नी विवाहित प्रेमिकालाई लिनको लागि यति हदसम्म पुगे कि उसले आफ्नो प्रेमिकाको विवाह दुई पटक तोडिदिए।
अचम्मको कुरा यो हो कि उनले आफ्नो प्रेमिकाको विवाह एक पटक होइन दुई पटक तोडेका थिए । प्रेमिकाले अरुसँग बिहे गरेपछि मन खिन्न हुन थालेको र आफ्नो मायालाई भुल्न नसकेपछि प्रेम पाउनको लागि यस्तो कदम चालेको उक्त व्यक्तिले बताए ।
के भएको थियो ?
घटना इन्दिया स्थित सारण जिल्लाको पानापुर भन्ने ठाउको हो । जहाँका एक युवक आफ्नो मामाको गाउँमा बस्ने गर्थे । उनले मन पराएको केटि पनि त्येहि ठाँउमा बस्थि । एकै गाँउमा बस्ने भएकाले दुवैको भेट हुनु स्वाभाविक थियो । यसै क्रममा एक दिन यी दुवैको भेट भयो ।
त्यसपछि दुवैबीचको कुराकानी बढ्दै गयो दुवैले एकअर्कालाई प्रेम प्रस्ताव राखे । त्यसपछि दुवैको भेटघाटको क्रम बढ्दै गयो । दुईबीचको प्रेम पनि गहिरिदै गयो । भनिन्छ नि माया लुकाएर लुक्दैन । यी दुई प्रेमीहरुको मामला पनि त्यस्तै भईदियो । केटीका बावुले थाहा पाएर केटीको बिहे अर्को ठाउँमा तय गर्दिए । र केही दिनपछि विवाह पनि भयो ।
यो कुरा जव उनको प्रेमिले थाहा पाए त्यसपछि उनी रिसले आगो आगो भए । उसले कुनै पनि हालतमा आफ्नो प्रेमिकालाई आफुकहाँ फर्काएर ल्याउने प्रयास गर्न थाल्यो । यसै क्रममा केटा सिधै केटीको ससुरा घर गए । केटा आफ्नी प्रेमिकाको ससुरा घर पुगेर केटीको वारेमा निकै आपत्तिजनक कुरा उनको श्रीमान र ससुरालाई भनिदिए जसले गर्दा उनको प्रेमिकालाई ससुरा र श्रँमानले घरबाट निकालिदिए ।
समाजको डरबाट बच्न केटिको बावुले आफ्नो विवाहित छोरीको पुन अर्को केटा सँग विवाह गर्दियो । तर जब यो कुरा प्रेमि केटाले थाहा पाए उनी पुन रिसले आगो आगो भए । उनी पुन केटिको अर्को ससुराली पुगे । अर्को ससुरालीमा गएर प्रेमि केटाले सवै परिवार सदस्यहरुलाई मार्ने धम्की दिए । यसले केटि पक्षका ससुरा र श्रीमान डराए । जसको फल स्वरुप केटिलाई केटाको घर पक्षले पुन माइत नै लगेर छोडिदिए ।
आफ्नो प्रेमी केटाको यस्तो व्यवहार देखेर प्रेमीका पनि निकै रिसाएकी थिइन् । त्यसपछि प्रेमीकाले आफ्नो बुवालाई लिएर प्रेमीको घर पुगिन । केटा पक्षको घरमा केटि स्वयम विवाहको प्रस्ताव लिएर गएका कारण केटा पक्षकोमा पंचायत नै राखी केटाले आफ्नो प्रेमीकालाई श्रीमतीको रूपमा स्वीकार गरे । र अन्यमा यी दुवैको विवाह मन्दिरमा भयो ।





























प्रतिक्रिया