वैज्ञानिकहरूले खुट्टा चलाउने शार्क माछाको दुर्लभ प्रजाति फेला पारेका छन् । वैज्ञानिकहरूले यो शार्क माछालाई जमिनमा खुट्टाको सहायताले समुद्रको सतहमा र समुद्र भित्र हिंडिरहेको अवस्थामा भेटेका छन् ।
जमिनमा हिँड्ने शार्क वैज्ञानिकहरूले हेमिसिलियम ओसेलेटम भनेर चिनिने इपोलेट शार्कको भिडियो रेकर्ड गरेका छन् । यो शार्क माछा समुद्रमुनि जमिनमा हिँडिरहेको देखिन्थ्यो ।
वैज्ञानिक विज्ञहरुका अनुसार शार्कको यो भिन्न जात (इपोलेट) जमिनमा हिँड्न सक्छ । तर यस्तो दृश्य विरलै देखिने गर्छ । जमिनमा हिड्ने यो दुर्लभ शार्क माछा मे महिनामा पपुवा न्युगिनीमा भेटिएको थियो ।
यसै क्रममा दुर्लभ प्राणीको संरक्षणमा काम गर्ने प्राणीविद् ग्यालान्टेले भनेर्, इतिहासमा पहिलो पटक पपुआन प्रजातिको इपोलेट्स हिँडेको रेकर्ड गरिएको हो ।’ ग्यालान्टेले यसलाई अविश्वसनीय भने ।
रिपोर्ट अनुसार ३ मे २०२२ का दिन वैज्ञानिकहरूले पपुवा न्यु गिनीको तटमा राती एउटा अचम्मको जीव फेला पारे । ध्यान दिएर हेर्दा सबै वैज्ञानिक छक्क परे, किनभने यी शार्क खुट्टाको सहाराले दौडिरहेका थिए ।
हिँड्दा यो शार्कको शरीरमा कालो धब्बा जस्तो रङका थोप्लाहरू देखिन्छन् । जसका कारण यो शार्कलाई पानीमा चम्किलो देख्न सकिन्छ ।
यो प्रजातिका शार्कको हिड्ने क्षमतालाई जीववैज्ञानीहरूले दुर्लभ भनेका छन् । पपुवा न्यु गिनीको दक्षिणी तट र अष्ट्रेलियाको उत्तरी तटमा पाइने यस्तो अनौठो प्रकारको इपोलेट शार्क जमिन र पानी दुबैमा हिँड्न सक्ने क्षमता विकास गरेको वैज्ञानिकहरूको दाबी छ ।





























प्रतिक्रिया