अहिले सोसल साइटमा केही यस्ता तस्बिर भाइरल भएका छन्, जसमा सुरक्षा चेकजाँचको नाममा संवेदनशील अंग स्पर्श गरिएको देखिन्छ । यसले गर्दा यात्रुहरुले लाज मान्नुपर्ने अवस्था आएको भन्दै त्यो फोटो भाइरल भएको हो ।
तर, यसको सत्यता अर्कैछ । यो तस्बिर अमेरिकाको विमानस्थलमा क्लिक भएको हो । त्यसो त विमानस्थल धेरै संवेदनशील क्षेत्र हो । त्यही कारण त्यहाँको सुरक्षा व्यवस्था कडा हुने गर्छ । आतंकवादीले समेत विमानस्थललाई निशाना बनाउने गर्छन् । त्यसैले सुरक्षाका लागि उच्च सतर्कता अपनाउनुपर्ने हुन्छ । यस क्रममा यात्रुको राम्ररी जाँच हुन्छ ।

खासगरी अमेरिकी विमानस्थलमा निकै कडा जाँच हुन्छ । त्यहाँ आउने यात्रु चाहे जतिसुकै ठूला किन नहुन्, उनीहरुले पनि यो सुरक्षा जाँचबाट गुज्रिनुपर्छ । कतिसम्म भने, सुरक्षा जाँचमा यात्रुको कपडा समेत उतार्नुपर्ने हुनसक्छ । सुरक्षाको दृष्टिले यो सही पनि हो । किनभने अमेरिका आतंकवादको उच्च जोखिममा छ ।
तर, सही ढंगले गरिएको कामको पनि गलत व्याख्या हुने गर्छ । त्यसमा पनि अहिले सोसल मिडिया बाँदरलाई भर्याङ भएको छ । सुरक्षा जाँच गरिएको उक्त तस्बिरलाई सोसल मिडियामा गलत रूपमा पेस गरिएको छ । (एजेन्सी)





























प्रतिक्रिया