कलाकारिता क्षेत्रमा चर्चित नाम हो शंकर बिसी । बि.सं. १९७९ सालमा बाँकेको नेपालगञ्जमा जन्मिएका उनले करिव २५ बर्ष कलाकारितामा बिताईसकेका छन् ।
कोरस डान्सर हुँदै नृत्य निर्देशक र कोरियोग्राफर बन्न सफल उनी बाल्यकालदेखि नै कलाकारितामा रुची राख्थे । विद्यालयमा हुने नृत्य प्रतियोगितामा होस् अथवा गाँउघरमा हुने गरेको बिहे र पूजापाठमा नै किन नहोस् । नाँच्न भनेपछि उनी हुरुक्कै हुन्थे ।
उनको यही चाहनाको प्रतिफल हो, १८ सय भन्दा बढी म्युजिक भिडियोको निर्देशन, १७ सय भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ्ग र ९२ वटा भन्दा बढी चलचित्रमा कोरियोग्राफी । उनलाई खास लोकदोहोरीका रोल मोडलका रुपमा चिनिन्छ । तर उनी चलचित्रमा पनि उत्तिकै जमेका छन् ।































प्रतिक्रिया