काठमाडौं। गायक सुप्रिम राज विश्वकर्मा र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ नेपाली गीत ‘मायामा फसाएँ’ सार्वजनिक भएको छ। प्रेमभावमा आधारित गीतमा देव बोहराले शब्द तथा रुद्र जीएमको संगीत छ।
गीतको रेकर्डिङ शंकरा डिजिटल स्टुडियोमा गरिएको हो। गीतको मिक्सिङ कुमार सानु पुनले गरेका छन् भने रेकर्डिस्टको जिम्मेवारी सागर पुनले निर्वाह गरेका छन्।
गीतको भिडियोमा आलोकजंग साउद र करिश्मा ढकालको अभिनय रहेको छ। भिडियोको निर्देशन मौसम हिमालीले गरेका हुन्। छायांकन अजय रेग्मी र उनको टोलीले गरेको भिडियोको सम्पादन तथा रङ संयोजन प्रवीण भट्टले गरेका छन्।
सार्वजनिक गरिएको गीतले प्रेमकथालाई संगीत र दृश्यमार्फत प्रस्तुत गर्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ।




















