सस्तियो तरकारीको भाउ

सस्तियो तरकारीको भाउ

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजारमा आइतबार अधिकांश तरकारीको भाउ सस्तिएको छ । आज घिरौला, परवर र तितेकरेलाको भाउ अधिकतम प्रतिकिलो ६० रुपैयाँ रहेको छ । त्यस्तै आज लौका ४० रुपैयाँ, भिण्डी ५० तथा स्कुस ७० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज तने बोडी ८०, घिउ सिमी ७०, टाटे सिमी १२० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । कालीमाटी बजारमा रातो आलु प्रतिकिलो अधिकतम ७०, प्याज ८५ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

आज ठूलो गोलभेँडा अधिकतम प्रतिकिलो ८० रुपैयाँमा कारोबार भएको छ भने सानो गोलभेँडा २५ रुपैयाँ प्रतिकिलो छ । गाजर १२०, स्थानीय काउली ८० रुपैयाँमा कारोबार भएको छ ।

हरियो प्याज २००, न्यूरो १००, कन्य च्याउ प्रतिकिलो २००, डल्ले च्याउ ३०० र कुरिलो ३५० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

Logo