तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले जनसंख्या वृद्धि तथा सामाजिक सुरक्षालाई लक्षित गर्दै पृथक कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले ‘बालबालिका जीवन सुरक्षा कार्यक्रम’ मार्फत धेरै सन्तान जन्माउने परिवारलाई ५ हजारदेखि २० हजार रुपैयाँसम्म प्रोत्साहन स्वरूप बचत रकम उपलब्ध गराउने नीति अघि सारेको हो । गाउँपालिकाले सामाजिक सुरक्षालाई केवल भत्ता वितरणमा सीमित नराखी नागरिकको जन्मदेखि वृद्धावस्थासम्म…