द्वन्द्वपीडितलाई थप पीडा दिने गरी टीआरसी विधेयक आयो : खगराज अधिकारी

द्वन्द्वपीडितलाई थप पीडा दिने गरी टीआरसी विधेयक आयो : खगराज अधिकारी

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका नेता खगराज अधिकारीले शान्ति प्रक्रिया टुङ्गाउन सरकारले ल्याएको विधेयकमाथि एमालेको गम्भीर आपत्ती रहेको बताएका छन्। मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अधिकारीले पीडितहरूको पीडामाथि थप पीडा थप्नेगरी सरकारले टीआरसीसम्बन्धी विधेयक ल्याएको भन्दै यसमा आफूहरुको असहमति रहेको बताएका हुन् ।

उनले द्वन्दकालिन अवस्थामा गिरफ्तार गरेपछि बलात्कार गर्ने, हत्या गर्ने, हतियारको प्रयोग गर्ने कुरा दुवै पक्षबाट भएकाले यसमा कसैलाई छुट दिन नहुने समेत बताए।  द्वन्दरत दुवै पक्षले मानवअधिकारको गम्भीर उलंघन गरेका कुराहरु र विशेष अदालत बनाएर ६ महिनाभित्र महान्याधिवक्ताले सक्ने जस्ता कुराले पीडितहरूलाइ थप पीडा दिने देखिएको उनको भनाइ छ। उनले सर्वोच्च अदालतको निर्णय, अन्तराष्ट्रिय मानवअधिकारसम्बन्धी प्रतिवद्धताहरुलाई ख्याल गर्नुपर्ने समेत बताए।

मंगलबारै सरकारले संसदमा बेपत्ता पारिएका व्यक्तिको छानबिन,सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९, पेश गरेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दी (कोइराला) ले  विधेयक पेश गरेका हुन्।   

Skip This
Skip This
Logo