नेप्सेमा झिनो अंकको वृद्धि, १ अर्ब ३३ करोडको कारोबार

नेप्सेमा झिनो अंकको वृद्धि, १ अर्ब ३३ करोडको कारोबार

केन्द्रबिन्दु
0
Shares

साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । मंगलबार बजार  १.८१ अंकले बढेर  २ हजार ५४ दशमलव ९५ विन्दुमा पुगेकोे हो । 

मंगलबार २२२ वटा धितोपत्रको ४० लाख ३१ हजार कित्ता सेयर १ अर्ब ३३ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । 

मंगलबार १३ वटा समूहमध्ये ६ वटा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी होटल एण्ड टुरिजम समूहको परिसूचक १ दशमलव ३४ प्रतिशतले घटेको हो ।

मंगलबार २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने कारोबार रकमको आधारमा सबैभन्दा बढी हिमाल दोलखा हाइड्रोपावरको १४ करोड २१ लाखभन्दा बढीको सेयर कारोबार भयो ।

Skip This
Skip This
Logo