इलेक्ट्रिक भेइकल ब्रान्ड ओमेगा सेइकीका टु ह्विलर, थ्रि ह्विलर र फोर ह्विलर साधन फोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक समेत रहँदै आएको एमएडब्लु वृद्धि कमर्सियल भेइकल प्रालिले नेपाली बजारमा भित्र्याउने भएको छ । असोज पहिलो साता यी साधन नेपाली बजारमा औपचारिकरुपमा सार्वजनिक हुने भएका हुन् ।
तीन पांग्रे र चार पांग्रे इभी तत्कालै आए पनि टु ह्विलर उत्पादनकै क्रममा रहेका कारण भारतीय बजारमा लन्च भएपछि नेपाल आउने बताइएको छ ।
तीन पांग्रे सवारीका क्षेत्रमा भारतको दोस्रो ठूलो कम्पनी दाबी गरिएको यो ब्रान्डसंग रेज प्लस, रेज प्लस स्वाप, रेज प्लस (यापिड, रेज प्लस फ्रोस्ट लगायतका मोडल उपलब्ध छन् ।
यस्तै फोर ह्विलरमा एम१केए मिनी ट्रक उपलब्ध छ । टु ह्विलरमा भने फेरी र जोरो मोडलमा इलेक्ट्रिक स्कुटर आउने तयारीमा छन् ।
एंग्लियन ओमेगा ग्रुप अन्तर्गत स्थापित ओमेगा सेइकी मोबिलिटीले यी सवारी साधन उत्पादन गर्छ । यो ग्रुपले इलेक्ट्रिक मोबिलिटी वाहेक हाई टेक अटो कम्पोनेन्ट्स, इन्फ्रास्ट्रक्चर्स, सप्लाई चेन म्यानेजमेन्ट सर्भिसेज, ट्रेडिङ र स्पोट्र्सको क्षेत्रमा समेत कारोबार रहेको यो ब्रान्डको नेटवर्क भारत वाहेक युएई, स्विट्जरल्यान्ड, थाइल्यान्ड, जापान र हङकङमा समेत विस्तार भएको छ ।































प्रतिक्रिया