कुमारी बैंकका ग्राहकलाई द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनमा १० प्रतिशत छुट

कुमारी बैंकका ग्राहकलाई द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनमा १० प्रतिशत छुट

केन्द्रबिन्दु
0
Shares

कुमारी बैंक लिमिटेड र द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनबीच सम्झौता भएको छ । कुमारी बैंक लिमिटेड र वीरेन्द्रनगर, सुर्खेतस्थित द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनबीच आफ्ना ग्राहकवर्गलाई सेवाहरुमा कुमारी बैंकका डेबिट-क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सो सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकवर्गले वीरेन्द्रनगर, सुर्खेतस्थित द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनका विभिन्न आउटलेट तथा खानपिनमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १९१ एटिएम, ४९ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

Skip This
Skip This
Logo