बयानमा आउन जबरालाई समितिको पत्र

बयानमा आउन जबरालाई समितिको पत्र

केन्द्रबिन्दु
0
Shares

महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई समितिमा उपस्थित हुने पत्र पठाएको छ। 

बुधबारको बैठकको निर्णय अनुसार समिति सचिवालयले बिहीबार पत्रचार गरेको हो। भदौ १५ गते बिहान ११ बजे जबरालाई समितिमा बोलाइएको छ। एमालेको फरक मतका बीच समितिले बुधबार कार्यसूचीमा प्रवेश गर्दै जबरालाई आमन्त्रणको निर्णय गरेको थियो।

अनुसन्धान प्रक्रियालाई फास्ट ट्रयाकमा अघि बढाएर भदौ १९ भित्र प्रतिवेदन नै तयार पारिसक्ने गरी समितिले कार्यतालिका बनाएको छ।  समितिले सम्बद्ध निकायबाट कागजात माग गर्न पनि पत्राचार गरेको छ।

Skip This
Skip This
Logo