काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वर्तमान सभापति शेरबहादुर देउवालाई सभापतिमा पराजित गर्न सक्ने व्यक्ति आफू मात्रै भएको दाबी गरेका छन् । सोमबार सचारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री कोइरालाले त्यस्तो दाबी गरेका हुन् । १४ औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार भए मात्रै देउवा पराजित हुने उनको भनाइ छ ।
त्यस्तै यतिबेला बैंक तथा वित्तीय संस्थाहरुलाई ऋण लगानी कसरी गर्ने भन्ने चिन्ताले सताएको छ । कोरोना भाइरसका कारण लगानी ठप्प हुँदा बैंकमा लगानी योग्य रकम (तरलता) मात्रै थुप्रिएको हो ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट नेपालभित्र भन्दा बाहिर बढी नेपालीको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कोरोना संक्रमणबाट नेपालमा १ सय ५७ जनाको मृत्यु भएको छ । तर विश्वका विभिन्न देशमा अहिलेसम्म १ सय ९२ नेपालीले ज्यान गुमाएका छन् ।
त्यस्तैगरी अमेरिकी राष्ट्रपतिको आगामी नोभेम्बरमा हुने चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पको उम्मेदवारीलाई अनुमोदन गर्न रिपब्लिकन पार्टीको भेला उत्तरी क्यारोलिनको चार्लोट्टेमा सोमबार शुरु हुँदैछ । चार दिने यस भेलाले ट्रम्पको उम्मेदवारीलाई औपचारिकता दिनेछ ।
बागमती प्रदेशका १४ वर्षभन्दा पुराना मोटरसाइकल र कार चढ्ने सवारी धनीले अब वार्षिक थप ५ प्रतिशत ‘बुढो कर’ तिर्नुपर्ने भएको छ । बागमती प्रदेश सरकारले सवारी तथा यातायात व्यवस्था ऐन २०७५ बनाएर सार्वजनिक तथा निजी १४ वर्ष कटेका कार तथा मोटरसाइकलमा वार्षिक करमा थप ५ प्रतिशत अतिरिक्त कर लगाउने व्यवस्था लागू गर्ने भएको हो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..





























प्रतिक्रिया