स्कुल बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

स्कुल बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

केन्द्रबिन्दु
18
Shares

झापा । झापाको मेचीनगरमा स्कुल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार अपराह्न करिब ५:२० बजे मेचीनगर नगरपालिका–७ स्थित सञ्जय सिमेन्ट फ्याक्ट्री अगाडि भएको दुर्घटनामा दुई युवकको मृत्यु भएको हो ।

गोमनसरीबाट धुलाबारीतर्फ जाँदै गरेको होलिबेल इंग्लिस बोर्डिङ स्कुलको मे १ क ३९१ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मे ९ प ९९०४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा मोटरसाइकलमा सवार भारतको किशनगञ्ज, गलगलिया निवासी ३२ वर्षीय अजय माझी र मेचीनगर–७ निवासी २१ वर्षीय अजय राजवंशी सख्त घाइते भएका थिए । दुवैलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको भए पनि साँझ ५:५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतक दुवैको शव हाल प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न बसका चालक मेचीनगर–११ निवासी ४५ वर्षीय निरेन धिमाललाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ । दुर्घटनाग्रस्त बस र मोटरसाइकल इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।

Skip This
Skip This
Logo