७ सय ४७ स्थानीय तहमा पुगे बैंकः ६ वटामा अझै पुग्न बाँकी

७ सय ४७ स्थानीय तहमा पुगे बैंकः ६ वटामा अझै पुग्न बाँकी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गत आर्थिक वर्षमा कूल ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ४७ स्थानीय तहमा वाणिजय बैंक पुगेका छन् । ६ स्थानीय तहमा अझै पुग्न ७ सय ४७ स्थानीय तहमा पुगे बैंकः ६ वटामा अझै पुग्न बाँकी छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको गत वर्षको वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । गत असारसम्म वाणिज्य बैंकका शाखा विस्तार भएको स्थानीय तहहरुको संख्या ७ सय ३५ थियो ।

२०७६ असार मसान्तमा १ सय ७१ रहेकोमा २०७७ असार मसान्तमा १ सय ५५ कायम भएको छ । यस अनुसार २०७७ असार मसान्तमा २७ वाणिज्य बैंक, २० विकास बैंक, २२ वित्त कम्पनी, ८५ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७६ असार मसान्तमा ८ हजार ६ सय ८६ रहेकोमा २०७७ असार मसान्तमा ९ हजार ७ सय ६५ पुगेको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् २०७७ असार मसान्तसम्म कूल १ सय ९६ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १ सय ५० संस्थाहरुको इजाजत खारेज हुन गई ४६ संस्था कायम भएका छन् ।

Skip This
Skip This
Logo