नेपालले आज केन्यासँग दोस्रो खेल खेल्दै, लगातार जितको खोजीमा

नेपालले आज केन्यासँग दोस्रो खेल खेल्दै, लगातार जितको खोजीमा

केन्द्रबिन्दु
0
Shares

केन्या भ्रमणमा रहेको नेपालले घरेलु टोलीसँग दोस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा प्रतिस्पर्धा गर्दैछ । 

बिहीबार केन्याविरुद्ध जित निकालेको नेपाल लगातार दोस्रो जितको लक्ष्य सहित शुक्रबार प्रतिस्पर्धामा उत्रिँदैछ। नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोलीविरुद्ध दिउँसो ३.४५ मा प्रतिस्पर्धा गर्नेछ।​ बरियतामा आफू भन्दा १६ स्थान तल रहेको केन्या विरुद्व पहिलो खेलमा सहज जित निकालेको नेपाल सोहि लयलाई दोस्रो खेलमा पनि निरन्तरता दिने ध्येयमा रहेको छ । पहिलो खेलमा पराजित केन्या भने दोस्रो खेलमा जित निकाल्दै सिरिजमा फर्किने लक्ष्यमा रहेको छ ।

बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई पाँच विकेटले हराउँदै पाँच खेलको सिरिजमा १–० को अग्रता बनाएको छ। नेपालले केन्याविरुद्ध तेस्रो खेल १२ भदौमा खेल्नेछ । त्यस्तै दुई टोलीबीच चौथो टी–२० भदौ १३ मा हुँदा अन्तिम टी–२० १४ भदौमा हुने छ। टी–२० सिरिज पछि नेपालले घरेलु टोलीसँग तीन खेलको एकदिवसीय सिरिज खेल्ने कार्यतालिका छ। 

Logo