मेयर बालेनको कदममा नेतृ झाँक्रीको समर्थन- तपाईं अघि बढ्नुस्

मेयर बालेनको कदममा नेतृ झाँक्रीको समर्थन- तपाईं अघि बढ्नुस्

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादी पार्टीका नेतृ एवं पूर्वसहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको कदममा आफ्नो पूर्ण समर्थन बताएकी छन् ।

पछिल्लोसमय महानगरको अनधिकृत संरचनामा डोजर लगाउने मेयर शाहको कदमको प्रशंसा गर्दै नेतृ झाँक्रीले अघि बढ्न आग्रह गरेकी हुन् । आफूले जस्तो दलीय दबाब भोग्न नपर्ने भएकोले स्वतन्त्रका ईमान्दार प्रयासहरू सफल हुने भनाई छ । 

‘मेरो कार्यकाल लामो रहेन।मेयर बालेनजी र मैले केही योजना बनाएका थियौं। सुरुम्वासीको नाममा अतिक्रमण भएका स्थानहरूलाई खाली गर्ने कामको पनि केही योजना बनेको छ।’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मलाई जस्तो दलिय दवाव मेयर बालेन जीलाई हुदैन। ईमान्दार प्रयासहरू सफल हुन्छन।’ 
 

Skip This
Skip This
Logo