१६ दशमलव ९३ अंकले घट्यो सेयर बजार, १ अर्ब २९ करोडको कारोबार

१६ दशमलव ९३ अंकले घट्यो सेयर बजार, १ अर्ब २९ करोडको कारोबार

केन्द्रबिन्दु
0
Shares

कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेपाल स्टक एक्सेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ ।

बिहीबार १८ दशमलव ३० अंकले घटेको बजार शुक्रबार १६ दशमलव ९३ अंकले घटेर २ हजार २२ दशमलव ६२ विन्दुमा बन्द भएको हो । शुक्रबार २१३ वटा धितोपत्रको ३५ लाख ८८ हजार कित्ता सेयर १ अर्ब २९ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । 

शुक्रबार जीबन बिमा कम्पनीहरुको परिसूचक शून्य दशमलव ३१ प्रतिशतले बढेको छ भने बाँकी १२ वटा समूहको परिसूचक घटेको छ । सबैभन्दा बढि फाइनान्स समूहको १ दशमलव ८७ प्रतिशतले घटेको हो । 

शुक्रबार एलआइसी नेपालको सेयरमूल्य ५ दशमलव ९५ प्रतिशतले र अप्पर हेवाखोला हाइड्रोपावरको सेयरमूल्य ५ दशमलव ३८ प्रतिशतले बढेको छ भने कारोबार रकमको आधारमा सबैभन्दा बढि हिमाल दोलखा हाइड्रोपावरको ६ करोड ६८ लाखभन्दा बढीको सेयर कारोबार भयो । 

Skip This
Skip This
Logo