विजय देवरकोंडाको फिल्म ‘लाइगर’ ले पहिलो दिन बक्स अफिसमा उत्कृष्ट व्यापार गरेको छ ।
अनन्या पाण्डे स्टारर यो फिल्मका लागि आम दर्शक लामो समयदेखि प्रतिक्षारत थिए । लामो समयदेखि हिट फिल्मको चाह राखेको बलिउड अझै पनि बक्स अफिसको खडेरी अन्त्य हुने अपेक्षा गरिरहेको छ । ‘लाइगर’को कमाई यति धेरै भएको छ कि यसले आमिर खानको ‘लाल सिंह चड्ढा’ र अक्षय कुमारको ‘रक्षाबंधन’ दुवैको ओपनिङ डे कलेक्सनको तुलनामा धेरै राम्रो व्यापार गरेको छ । पहिलो दिनमै लाइगरले बलिउडका ठुला सुपरस्टारका फिल्मलाई पछाडि छोडिसकेको छ ।
लाइगरको अग्रिम बुकिङले विजय देवरकोंडाको मुक्का हेर्न मानिसहरु आतुर रहेको प्रष्ट पारेको थियो । पुरी जगन्नाध एक्शनले ड्रामाले प्रोडक्सन गरेको फिल्मले यस्तो ओपनिङ गरेको छ कि यसले आमिर खान र अक्षय कुमारको हालैको रिलिज फिल्मलाई पनि उछिनेको छ । लाइगर फिल्मले आमदर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ । फिल्मलाई कतिपय दर्शकले मन पराएका छन् भने कतिपयले यसलाई निराशाजनक भनेका छन् । यसका बाबजुद पनि फिल्मले उत्कृष्ट ओपनिङ लिएको छ ।
कोइमोईको रिपोर्ट अनुसार फिल्मले पहिलो दिन सबै भाषामा २७ देखि २९ करोडको व्यापार गरेको छ । फिल्मले तेलुगुमा करिब २४.५ करोड र हिन्दीमा मात्र २.५० करोड कमाएको छ । यद्यपि यो आँकडा आमिरको ‘लाल सिंह चड्ढा’ र अक्षय कुमारको ‘रक्षाबन्धन’ को १५ औं दिनको कमाईभन्दा बढी हो ।































प्रतिक्रिया