टुनल्याण्ड ई -पीकअपको अपग्रेडेड भर्सन नेपालमा लन्च

टुनल्याण्ड ई -पीकअपको अपग्रेडेड भर्सन नेपालमा लन्च

केन्द्रबिन्दु
0
Shares

फोटोन मोटर्सको नेपालका लागि आधिकारिक वितरक एमडव्लू वृद्धि कमर्सिय भेइकलले टुनल्यान्ड ईको अपग्रेडेड भर्सन ई प्लसलाई नेपाली बजारमा सार्वजनिक गरेको छ । यो नयाँ भर्सन पावर तथा पर्फमेन्स र विश्वसनीयताको अद्भूत संयोजन रहेको कम्पनीले जनाएको छ ।

यसको नयाँ भर्सनमा नयाँ २.० एल इनलाइन इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर १४९.५५ एचपी र ३२० एनएम रहेको छ । ६– स्पीडयु म्यानुअल ट्रान्समिसन जडान गरिएको यो पिकअपलाई नेपालको जुनसकै भुभागमा चालउन सकिने दाबी गरिएको छ । यो नयाँ पिकअपमा इलेक्ट्रिक ब्रेक वितरण प्रणाली भएको थप विस्तारित ब्रेकिङ्ग प्रणाली एबिएस समेत उपलब्ध गराइएको छ । आकर्षक डिजाइनमा तयार पारिएको यो गाडीको अग्र भागको केन्द्रमा फोटोन लोगोयुक्त ठूलो ३ धर्के क्रोम गरिएको ग्रिल राखिएको छ ।

प्रोजेक्टर हेडल्याम्प र सूचकहरु एउटै हाउजिङ्गमा एकीकृत गरिएका छन् । यसमा थप नयाँ परिवर्तन स्वरुप एलइडि डिआरएलहरु सबै नयाँ राखिएका छन् । पिकअपमा रनिङ्गबोर्ड, क्ल्याम्पर, एन्टी–रोल ओभर बार र बेड लाइनर लगायतका धेरै उत्कृष्ट उपकरणहरु पनि रहेको कम्पनीले जनाएको छ ।

Logo