केन्याले दोस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल सामु १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
नैराेवीमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको केन्याले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३२ रन बनाएको हो ।
घरेलु टोली केन्याका लागि रकिब पटेलले ३५, निहेमी ओडिआम्बोले २९ र इरफान करिमले २२ रन बनाए ।
१८औं ओभरमा २ विकेट लिएर मात्र ३ रन दिँदै दीपेन्द्रसिंह ऐरीले उच्च योगफल बनाउन रोकेका थिए । दीपेन्द्रले ३ विकेट लिए ।
सन्दीप लामिछानेको नाममा पनि ३ विकेट रह्यो । करण केसीले २ विकेट लिँदा पवन सरार्फको नाममा एक विकेट रह्यो ।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
५ म्याचको सिरिजमा नेपाल १० ले अघि छ ।































प्रतिक्रिया