सिंगापुर । एसियन गेम्स पुरुष क्रिकेट क्वालिफायर अन्तर्गत नेपालले मलेसियाविरुद्ध रनको पहाड खडा गरेको छ। सिंगापुरमा जारी यस प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७५ रनको विशाल योगफल तयार पारेको हो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गर्दै सानदार शतक प्रहार गरे। उनले मात्र ५४ बलमा १४ चौका र ८ छक्काको मद्दतले १२६ रनको योगदान दिए। अर्का ओपनर आसिफ शेखले पनि आक्रामक पारी खेल्दै २४ बलमा ६८ रन बनाए, जसमा ५ चौका र ७ छक्का सामेल थिए।
भुर्तेल र शेखबीच पहिलो विकेटका लागि १३४ रनको बलियो साझेदारी भएको थियो।
मध्यक्रममा कप्तान दिपेन्द्र सिंह ऐरीले ११ बलमा ३१ रन र सन्दीप जोराले १५ रनको छोटो तर महत्त्वपूर्ण पारी खेले।
मलेसियाका बलरहरूमध्ये विरनदीप सिंहले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए भने सैयद अजिज र विजय उन्नीले समान २-२ विकेट हात पारे।
२७६ रनको विशाल लक्ष्य पछ्याउने क्रममा मलेसियाको सुरुवात निकै कमजोर रहेको छ। ताजा अवस्थामा मलेसियाले ७.३ ओभरमा ५ विकेट गुमाएर मात्र ३८ रन बनाएको छ।





























प्रतिक्रिया