नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आजपनि बस्दै छ ।
एमाले केन्द्रीय कार्यालय, च्यासलमा आज बिहान साढे १० बजे केन्द्रीय कमिटी बैठक बस्दै छ ।आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल हुदै छ । आजको बैठकमा नौ वटा समूह बनाएर प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ ।
समूहगत छलफलपछि केन्द्रीय सदस्यले उठाएका प्रश्नको अध्यक्ष ओलीले आजै जवाफ दिने कार्यक्रम रहेको छ । राजनीतिक प्रतिवेदन पारित भएसँगै केन्द्रीय कमिटी बैठक सम्पन्न हुनेछ । एमाले केन्द्रीय कमिटी बैठक शुक्रबार शुरु भएको थियो। पहिलो दिन अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।
यससँगै केन्द्रीय कमिटी बैठकले आगामी निर्वाचनको तयारी तथा रणनीतिका विषयमा पनि आवश्यक निर्णय गर्ने जनाइएको छ ।





























प्रतिक्रिया