आगामी निर्वाचनमा बलियो गठबन्धन हुन्छ : दाहाल

आगामी निर्वाचनमा बलियो गठबन्धन हुन्छ : दाहाल

केन्द्रबिन्दु
0
Shares

पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा गठबन्धन बलियो हुने बताएका छन् । स्थानीय तहको निर्वाचनबाट पाठ सिक्दै गठबन्धन बलियो बनाइने उनको भनाइ छ।

पार्टी प्रशिक्षणपछि बुटवलमा पत्रकारसँग कुराकानी गर्दै उनले पाँच दलीय गठबन्धनले मुलुकलाई ठूलो दुर्घटना हुनबाट बचाएको उल्लेख गरे ।

स्थानीय चुनावमा गठबन्धन र तालमेल भने जस्तो नभएपछि त्यसबाट शिक्षा लिएर प्रदेश र संघमा राम्रो गर्नेसमेत उनको भनाइ छ।

 अध्यक्ष दाहालले सरकारले सफलतापूर्वक निर्वाचन सम्पन्न गर्न गइरहेको भन्दै त्यसमा सबैले साथ दिन आग्रह गरे ।

Logo