काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भू-भाग तथा र कर्णाली प्रदेशका हिमाली र पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वमानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वमानुमान महाशाखा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थान तथा कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथ चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
आज राति देशका कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेश प्रदेशको तराई भू-भागका एक दुई स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
ती क्षेत्रमा वर्षापछि हुने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन मौसम पूर्वमानुमान महाले अनुरोध गरेको छ ।




















