प्रदेश १ का मुख्यमन्त्री राईको नाम प्रतिनिधि सभा सदस्यमा सिफारिस

प्रदेश १ का मुख्यमन्त्री राईको नाम प्रतिनिधि सभा सदस्यमा सिफारिस

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेश -१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई धरान निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरेको छ।

समाजवादी सुनसरी जिल्ला कमिटीको शनिबार सम्पन्न बैठकले मुख्यमन्त्री राईसहित थप तीन जनाको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो । स्रोतका अनुसार सुनसरी निर्वाचन क्षेत्र -१ बाट मुख्यमन्त्री राईसहित लक्ष्मण चौधरी र पदमा सुब्बा र जीवन राईको नाम सिफारिस गरेको छ ।

मुख्यमन्त्री राईको गृहजिल्ला भने भोजपुर हो । उनी यसअघि भोजपुरबाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए ।

त्यस्तै, बैठकले सोही निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा सदस्य ‘क’ तर्फ सुष्मा राई, तारा लामगादे र एकराज सुब्बाको नाम सिफारिस गरेको छ भने प्रदेशसभा ‘ख’ तर्फ रेवतीरमण राई, अमृता रामदाम र श्यामनारायण राजधामीको नाम सिफारिस गरिएको छ । 

निर्वाचन क्षेत्र नं. २ बाट धर्म निरौला, केपी सापकोटा र सरिता कार्की लामालाई प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस गर्ने बैठकले निर्णय गरेको छ भने निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा मोहम्मद जैनुल हक मियाँ, कमला दुलाल र जुगुतनारायण चौधरी सिफारिस भएका छन् । 

जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ बाट भने केशवप्रसाद तिम्सिना, डा. सीएन पाठक र कैलाश अन्जुमको नाम सिफारिस भएकाे छ । 

 

 

Skip This
Skip This
Logo