नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कांग्रेसमा नयाँ नेतृत्वको खाँचो रहेको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। नेता भण्डारीले हरेक पार्टीमा रहेका युवाहरु नेतृत्व तहमा जाने कि नजाने भन्ने दोधारमा रहेको बताए।
उनले नेपाली कांग्रेसमा पनि परिवर्तनको खाँचो रहेको बताए। अहिले भएका नेतृत्व तहबाट आगामी दिनमा मुलुक अघि बढ्न नसक्ने उनको दाबी छ।
नेता भण्डारीले नेपालको राजनीतिमा केही न केही विकृतिहरु प्रवेश गरिरहेको दाबी गरे। उनले वर्तमान नेपालको राजनीति वर्तमान नेताहरुबाट चल्न नसक्ने भन्दै देश सञ्चालनको लागि नयाँ नेतृत्वको आवश्यकता रहेको बताए।
उनले भने, ‘मलाई लाग्छ, वर्तमान नेपालको राजनीति वर्तमान नेताहरुबाट चल्न सक्दैन। उहाँहरु सत्ताको कसीमा सफल हुन सक्नुभएन। भोलिका दिनमा उहाँहरुको नेतृत्वबाट यो मुलुक अघि बढ्छ भन्ने लाग्दैन। कांग्रेसभित्र परिवर्तनको खाँचो छ। नयाँ नेतृत्वको पनि खाँचो छ।’
नेता भण्डारीले सत्ताको स्वार्थको लागि मात्रै गठबन्धन गर्न खोजिएको हो भने त्यो नटिक्ने दाबी गरे। उनले देशका १८ वर्षभन्दा माथिका युवाहरु विदेश पलायन भएको स्मरण गराउँदै यो नेपालको राजनीतिको ठूलो चुनौती भएको उल्लेख गरे।































प्रतिक्रिया